no-image

कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरिसकेको छ । सङ्घीय संसद्बाट पारित भएको कोष ऐनमा चुक्ता पुँजी ८ करोडबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याइएको छ ।

काठमाडौं । नागरिक लगानी कोषको पुँजी ८ अर्ब रुपैयाँ पुग्ने भएपछि लगानीकर्ताले सबैभन्दा बढी सेयर खरिदबिक्री गरेका छन् । मङ्गलबार कोषको प्रतिकित्ता २ हजार ६९० रुपैयाँमा २ करोड ३५ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरिसकेको छ । सङ्घीय संसद्बाट पारित भएको कोष ऐनमा चुक्ता पुँजी ८ करोडबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याइएको छ ।

पुँजीबजारमा लगानीका साथै अवकाश कोष र सामाजिक सुरक्षण कोष सञ्चालन गर्ने अधिकार पनि कोषले पाउने भएको छ । अहिले सरकारको १० प्रतिशत सेयर रहेकोमा यसलाई बढाएर २३.३४ प्रतिशत पुर्याइएको छ । कोषमा सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ ।

मङ्गलबार सेयर बजार ६.८३ अंकले घट्दा कुल १४ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कोषपछि गुराश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता ७३४ रुपैयाँमा १ करोड ४६ लाख ७८ हजार रुपैयाँको किनबेच भएको छ । आइतबार सबै परिसूचक घटेका छन् ।