दाहालविरुद्ध अमेरिकामा उजुरी

दाहाल अमेरिकी अझै आतंकारीहरुको सूचीमा रहेको भन्दै उनलाई तत्काल पक्राउ गरी कारवाही गर्न श्रेष्ठको माग छ । पत्नी सीता दाहालको उपचारका लागि यति बेला दाहाल अमेरिकामै छन् ।

काठमाडौं । पत्नी सीता दाहालको उपचारमा अमेरिका गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ गर्न भन्दै अमेरिकामा उजुरी परेको छ ।

अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलकबहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी गरेका हुन् । उनैले नेतृत्व गरेको १० वर्षे जनयुद्धमा १७ हजार नेपालीको मृत्यु भएको भन्दै दाहाललाई पक्राउ गर्न श्रेष्ठको माग छ ।

दाहाल अमेरिकी अझै आतंकारीहरुको सूचीमा रहेको भन्दै उनलाई तत्काल पक्राउ गरी कारवाही गर्न श्रेष्ठको माग छ । पत्नी सीता दाहालको उपचारका लागि यति बेला दाहाल अमेरिकामै छन् ।

सीताको जोन हप्किन्स हस्पिटलमा उपचार भइरहेको छ ।