पोखरामा प्याराग्लाइडिङ दुर्घटना, २ विदेशी घाइते

अघिल्लो महिना मात्रै पोखरामा ४ प्याराग्लाइडिङ दुर्घटना भएका थिए । जसमा २ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा अवतरणका क्रममा दुर्घटना हुदा २ जना विदेशी नागरिक घाइते भएको जानकारी दिए ।

घाइते हुनेमा रसियन चालक एलेक्स वक्रिएन र चिनियाँ ७ वर्षीय बालक याङ गुङ जे भएको प्रहरीले जनाएको छ । उनीहरुको अहिले मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अघिल्लो महिना मात्रै पोखरामा ४ प्याराग्लाइडिङ दुर्घटना भएका थिए । जसमा २ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।