कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहद्वारा १२० तोला सुन लुट्यो

सुन लुटपाट

सिन्धुली। कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले १२० तोला सुन लुटेको छ।

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारवाही गर्न माग गरे।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस घटनामा अनुसन्धान शुरु भइरेहेको जानकारी दिए।  प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र तत्कालै केही भन्न नसकिने उनको भनाइ थियो ।