अमेरिका प्रस्थान गर्नुअघि गत चैत ३ गते नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वैदेशिक रोजगार व्यवसायीसहितको टोलीले प्रचण्ड निवास खुमलटारमा गरेको भेटमा प्रचण्डले मलेसियाको रोजगारी लामो समयसम्म बन्द हुनु राम्रो नभएको बताउँदै मन्त्रीमण्डल पुनर्गठन भएपछि तत्काल खुल्ने बताएको छलफलमा सहभागी एक व्यवसायीले क्यापिटल नेपाललाई बताए ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मलेसियाको रोजगारी मन्त्रीमण्डल पुनर्गठन भएपछि खुल्ने बताएका छन् ।
अमेरिका प्रस्थान गर्नुअघि गत चैत ३ गते नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वैदेशिक रोजगार व्यवसायीसहितको टोलीले प्रचण्ड निवास खुमलटारमा गरेको भेटमा प्रचण्डले मलेसियाको रोजगारी लामो समयसम्म बन्द हुनु राम्रो नभएको बताउँदै मन्त्रीमण्डल पुनर्गठन भएपछि तत्काल खुल्ने बताएको छलफलमा सहभागी एक व्यवसायीले क्यापिटल नेपाललाई बताए ।
प्रचण्ड त्यही दिन साँझ अमेरिका प्रस्थान गरेका थिए । अमेरिका प्रस्थान गर्नुअघि व्यवसायीहरुले विप्लव माओवादीको चन्दा आतङ्क, व्यवसायीहरुलाई दिएको धम्की तथा व्यवसायीहरुका घरमा गरिएको बम विस्फोटका विषयमा जानकारी गराएका थिए ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष गोल्छाले व्यवसायीहरुलाई व्यवसाय गर्ने वातावरण बनाउन प्रचण्डलाई आग्रह गरेका थिए ।
छलफलको अन्तिममा महासङ्घका एसोसियट उपाध्यक्ष तथा आईएमई मनी ट्रान्सफरका अध्यक्ष चन्द्र ढकालले मलेसियाको रोजगारी लामो समयसम्म बन्द हुँदा रेमिट्यान्समा प्रभाव परेको र अझ बन्द रहे दुई वर्षसम्म नराम्रो प्रभाव पार्ने जानकारी गराएका थिए । मलेसियाको रोजगारी तत्काल खुलाउनका लागि ढकालले प्रचण्डलाई आग्रह गरेका थिए ।
‘मलेसियाको रोजगारी बन्द हुनु जुँगाको लडाइँ जस्तै भएको छ, मैले पनि पटक पटक भनेको छु तर किन खुलेको छैन त्यो थाहा भएन,’ प्रचण्डले भने, ‘यस विषयमा प्रधानमन्त्रीले पनि तीन पटक भनिसकेको मलाई थाहा छ, तर कुनै निर्णय भएको थाहा भएन ।’
‘अब मन्त्रीमण्डल पुनर्गठन भएपछि मलेसिया खुल्छ, त्यसअघि कुनै अर्काे निर्णय भयो भने पनि खुल्ला,’ प्रचण्डलाई उद्धृत गर्दै छलफलमा सहभागी एक व्यवसायीले बताए ।