जेट एयरवेजलाई ऋण प्रदान गर्ने प्रमुख ऋणदाताले पुनस्र्थापनाका लागि सङ्घर्ष गरिरहेको एयरवेजलाई बचाउन आवश्यक रहेको बताएका छन् । साथै उसले जेटमा रहेको इतिहादको २४ प्रतिशत सेयर नलिने सम्भावना पनि देखिएको छ ।
एजेन्सी । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले आर्थिक सङ्कटमा परेको जेट एयरवेजका अध्यक्ष नरेश गोयल र तीन निर्देशकलाई बोर्डबाट राजीनामा दिन आग्रह गरेको छ । लिज रेन्टको रकम बुझाउन नसकेपछि जेट एयरवेज अहिले बन्द हुने अवस्थामा छ ।
जेट एयरवेजलाई ऋण प्रदान गर्ने प्रमुख ऋणदाताले पुनस्र्थापनाका लागि सङ्घर्ष गरिरहेको एयरवेजलाई बचाउन आवश्यक रहेको बताएका छन् । साथै उसले जेटमा रहेको इतिहादको २४ प्रतिशत सेयर नलिने सम्भावना पनि देखिएको छ ।
एसबीआई बैङ्कका अध्यक्ष रजनीश कुमारले बुधबार जेट एयरवेजको बोर्ड सदस्यलाई व्यवसायबाट निष्कासन गर्नु मात्र अन्तिम विकल्प भएको बताउँदै ऋणदाताहरुले एयरलाइन्सलाई बचाउन हरसम्भव काम गरिरहेको बताएका छन् ।
बैङ्कले अध्यक्ष गोयल, उनकी श्रीमती अनीता गोयल, कार्यकारी निर्देशक गौराङ सेट्टी र अर्का स्वतन्त्र निर्देशक नासिम जैदीलाई बोर्डबाट राजीनामा दिन भनेको छ । एयरवेजको उद्धार योजनाको एमओयूमा नै त्यस्तो लाइन लेखिएपछि मात्र इतिहाद र अन्य ऋणदाताले एयरवेजलाई रकम उपलब्ध गराउने बताइएको छ ।
तर मङ्गलबार इन्डिया टाइम्सको खबरअनुसार गोयलले बोर्डबाट राजीनामा दिन आनाकानी गरेपछि इतिहादले एसबीआई बैङ्कसँग आफ्नो २४ प्रतिशत सेयर पनि खरिद गर्न आग्रह गर्दै आफू एयरवेजबाट बाहिरिन चाहेको बतएको थियो ।
इतिहाद, ऋणदाता र गोयलबीच भएको एमओयूमा गोयलले आफू र आफ्नी श्रीमतीबाहेक बोर्डका लागि दुई सदस्य चयन गर्न पाउने व्यवस्था छ । तर गोयलले सो सम्झौतालाई अस्वीकार गरेका छन् । गोयल कम्पनीमा आफ्नो सेयर २२ प्रतिशतमा सीमित बनाउने बुँदालाई कमजोर पार्न चाहन्छन् ताकि उनी भविष्यमा कमब्याक गर्नलाई बाटो खुला राख्न सकियोस् ।
एसबीआईले भने इतिहादको २४ प्रतिशत सेयर स्वीकार गर्ने सम्भावना देखिँदैन किनभने ऊ कुनै पनि ऋण पुनर्संरचना सुरु हुनुअघि जेट एयरवेजमा फ्रेस इक्विटी लगानीको पक्षमा रहेको जानकार व्यक्तिहरुले बताएका छन् । यसैबीच सरकारले एसबीआई बैङ्कले नेतृत्व गरेको स्टेट बैङ्कलाई एयरवेजलाई उद्धार गर्नका लागि ऋणलाई इक्विटीमा बदल्न भनेको छ । तर, ऋणदाताहरु त्यसो गर्न आनाकानी गरिरहेको घटनासम्बद्ध जानकारहरुले बताएका छन् ।
एक जना शीर्ष सरकारी अधिकारीले एयरलाइनले पर्याप्त मात्रामा पैसा प्राप्त गर्ने हो भने यो पुरानो अवस्थामा फर्किन सक्ने बताएका छन् । ‘एयरलाइनका सबै मौलिक कुराहरु ठिक छन्, अब यसले पुनर्जीवन पाउन मात्र आर्थिक सहयोग पाउनु पर्ने हुन्छ,’ ती अधिकारीले भने ।
यसअघि नै आर्थिक सङ्कटमा परेको जेट एयरवेजको समस्या त्यति बेला थप बढ्यो जब उसका धेरै ओटा उडान रद्द भएर यात्रुलाई तीर्नु पर्ने रकम ३५ सय करोड रुपयाँमा पुग्यो । अहिले जेटको वास्तविक क्षमताभार दैनिक ४५० फ्लाइटबाट झरेर १५० फ्लाइटमा पुगेको छ । लिज पेमेन्टमा डिफल्ट भएपछि उसले तेस्रो फ्लाइट पनि ग्राउन्ड गर्न बाध्य भएको छ ।