जम्मु काश्मिरमा आफ्नै साथीबाट ३ जना प्रहरी जवानको हत्या

साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए ।

उधमपुर । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सीआरपीएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए ।

उनको अवस्था गम्भीर रहेको बताइएको छ । सिआरपिएफका कमान्डaर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी लदिए । रासस/एएनआई