रोकिएन भारतीय ट्रकको चरेश धन्दा, धादिङमा फेरि १६४ किलो चरेश बरामद

शुक्रबार बिहान विषेश सूचनाको आधारमा प्रहरीले भारतीय नम्बर प्लेटको यूपी १९ टी ५१७१ नम्बरको ट्रकबाट उक्त चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं । प्रहरीले धादिङको गजुरीबाट १ सय ६४ किलो अवैध लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार बिहान विषेश सूचनाको आधारमा प्रहरीले भारतीय नम्बर प्लेटको यूपी १९ टी ५१७१ नम्बरको ट्रकबाट उक्त चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंमा सामान छाडेर भारततर्फ फर्कँदै गरेको ट्रकमा चरेश लैजाँदै गरेका बेला प्रहरीले नियन्त्रणमा लिएको लागुऔषध ब्यूरोका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । प्रहरीले ट्रक चालक भारत प्रदेशका मौ महातपलाई पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिकलाई थुनामा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।