मलेसियामा अलपत्र परेका १६ जना नेपालीको उद्दार (नामावलीसहित)

हवाई टिकटको खर्च बेहोर्न नसकी मलेसियाको जुरु घरफिर्ती केन्द्र र जोहरवारु घरफिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपालीलाई नेपाल पाठाएको मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदुतावासले प्रेस वक्तव्य जारी गरी जनाएको छ ।

काठमाडौं । नेपाली राजदूतावासले मलेसियाको विभिन्न ठाउँमा अलपत्र परेका १६ जना नेपालीहरुलाई उद्दार गरी नेपाल फिर्ता पठाएको छ । हवाई टिकटको खर्च बेहोर्न नसकी मलेसियाको जुरु घरफिर्ती केन्द्र र जोहरवारु घरफिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपालीलाई नेपाल पाठाएको मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदुतावासले प्रेस वक्तव्य जारी गरी जनाएको छ ।

फागुन ३० गते जुरु घरफिर्ति केन्द्रबाट ६ जना, चैत्र ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० जना नेपालीहरुको उद्दार गरेको दुतावसले जनाएको छ । राजदूतावासले अझै पनि थुप्रै नेपालीहरु मलेसियाका विभिन्न घरफिर्ती केन्द्रहरुमा रहेको जनाएको छ । उनीहरुलाई ठगहरुले जेलमा जघन्य मुद्दा झेलीरहेको भन्ने झुटो डरत्रास देखाई, उद्दार गरिदिने नाममा पीडितको परिवारबाट ठूलो रकम झिकाउने र रकम बुझेपछि सम्पर्कविहीन हुने गरेको राजदूतावासले जनाएको छ । राजदूतावासले यदि अपरिचित र अनाधिकृत व्यक्तिहरु कसैले आफन्तको उद्दार गर्ने नाममा पैसा मागेमा नबुझाउन अनुरोध गरेको छ ।

जेलमा परेका व्यक्तिहरुको कानूनी उपचारमा खर्च लाग्ने भए नेपालबाट पठाउँदा परराष्ट्र मन्त्रालयमार्फत पठाउन पनि अनुरोध गरेको छ । घरफिर्ती केन्द्रमा रहेका नेपालीहरुको उद्दारको निमित्त नेपालबाटै कन्सुलर सेवा विभाग नारायणहिटीमार्फत जानकारी लिई एक तर्फी हवाईटिकटको व्यवस्था गरी मलेसियास्थित राजदूतावासमा पठाउन सकिने भएकोले आफन्तको उद्दारको निमित्त उक्त विभागमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

जेल तथा घरफिर्ती केन्द्रमा रहेका नेपालीहरुको उद्दारको जानकारीको निमित्त राजदूतावासको नियमित टेलिफोन लाईन 0320201898/99, हटलाईन नम्बर 0060162472777 साथै दूतावासको ईमेल [email protected] मार्फत पनि सम्पर्क गर्न सकिने राजदूतावसले प्रेस वक्तव्यमा उल्लेख गरेको छ ।

हाल उद्दार गरी नेपाल पठाइएका नेपालीहरुको नामावली यस प्रकार छन् ।