टोखा लगायत उपत्यकाका विभिन्न क्षेत्रका पसलकाे अनुगमन, मोबाइल प्रयोगशाला भ्यानको परिचालनमा तीव्रता

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अनुगमन कार्यलाई निरन्तरता दिने र दूध तथा दुग्ध पदार्थ उत्पादमन निर्देशिका २०७५­/१२/०४ देखि लागू भइसकेकोले सो अनुसार ठूला तथा साना डेरी उद्योग तथा पसलहरुको अनुगमनलाई तिब्रता दिइएको प्रवक्ता वस्तीले बताए ।

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकाको टोखा क्षेत्रमा अनुगमन तथा मोबाइल प्रयोगशाला भ्यानमार्फत अनुगमन गरेको छ । विभागले त्यो क्षेत्रका ५ ओटा डेरी/पसलमा अनुगमन गरेको हो ।

अनुगमनमा टोखा डेरी धापासी, जय जल्पा डेरी टोखा रोड, जानकी डेरी पसल टोखा रोड सहित सेल्सबेरी डिपार्टमेण्ट महाराजगञ्ज, थ्री स्टार मिट प्रोडक्ट प्रालि टोखा रोड र टोखा मिनिमार्टको अनुगमन गरिएको हो । डेरी उद्योगमा चिल्लो वस्तु र न्यूट्रलाइजर परीक्षण गर्दा कुनै कैफियत फेला नपरेको विभागले जनाएको छ ।

त्यस्तै, जानकी डेरी पसलले प्लाष्टिकको भाँडामा दूध ढुवानी गर्ने गरेकोमा सो नगर्न निर्देशन दिइएको छ । दूध उद्योग र डेरी पसलमा चिल्लो वस्तु, चिल्लो बाहेकको ठोस वस्तु तथा सोडा परीक्षण गर्न निर्देशन दिइएको छ ।

त्यस्तैगरी, मासु उद्योग र डेरी उद्योगमा सरसफाइमा सुधार गर्न निर्देशन दिइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।
यसअघि विभागले घुम्ती प्रयोगशाला परिचालन गरी स्थलगत रुपमा दूध, तेल, पानीलगायतका खाद्यवस्तुको परीक्षण गरी खाद्य ऐन अनुसार कारबाही गरिरहेको समेत गर्दै आएको छ ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अनुगमन कार्यलाई निरन्तरता दिने र दूध तथा दुग्ध पदार्थ उत्पादमन निर्देशिका २०७५­/१२/०४ देखि लागू भइसकेकोले सो अनुसार ठूला तथा साना डेरी उद्योग तथा पसलहरुको अनुगमनलाई तिब्रता दिइएको प्रवक्ता वस्तीले बताए ।

यसअघि विभागले घुम्ती प्रयोगशाला परिक्षणमार्फत बुढानीलकण्ठ, बालाजु, ललितपुर, भक्तपुर, थानकोट नाका र पाटन क्षेत्रका विभिन्न पसल, डेरी लगायतका उद्योगमा अनुगमन तथा परिक्षण गरी कारबाही तथा निर्देशन दिएको थियो । केही समयअघि विभाग परिशरमा उपयोगविहीन भएका मोवाइल भ्यान पछिल्लो समय उपत्यका लगायतका विभिन्न क्षेत्रहरुमा परिचालन गरिएको छ ।