छद्मभेषी पर्यटक आउने र गैह्रकानुनी रुपमा बस्ने भएकाले यस प्रति सबैले विशेष ध्यान दिन आग्रह गरे । उनले वसमा यात्रा गर्ने पर्यटकको पनि भिसा हेर्नेुपर्नेमा जोड दिए ।
चिप्लेढुङ्गा ः नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशले आफ्ना सदस्यहरुका लागि प्रविधिमैत्री तालिम ग्यालिलियो वेसिक एण्ड एडभान्स ट्रेनिङ प्रदान गरेको छ ।
विश्वव्यापी वितरण प्रणाली ग्यालिलियोको सहकार्य र पर्यटनवोर्डको प्रवद्र्धनमा सञ्चालित तालिमको समापन समारोहमा वोेर्डका गण्डकी प्रदेश प्रमुख मणी लामिछानेले प्रविधिमैत्री व्यवसाय आजको आवश्यकता रहेको बताए । उनले टुर्र एण्ड ट्राभल व्यवसायीले पर्यटकको टिकट बुकिङ गर्दा आवश्यक सक्कल कागजपत्र हेरेर मात्र गर्नुपर्ने उल्लेख गरे । छद्मभेषी पर्यटक आउने र गैह्रकानुनी रुपमा बस्ने भएकाले यस प्रति सबैले विशेष ध्यान दिन आग्रह गरे । उनले वसमा यात्रा गर्ने पर्यटकको पनि भिसा हेर्नेुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराइले आजको युग प्रविधिको युग भएकोले अन्तराष्ट्रिय व्यवसायीसँगै प्रतिष्पर्धा गर्न सक्षम हुनुपर्ने उल्लेख गरे । तालिमका सहभागी रमेशकुमार थापा र स्मीता श्रेष्ठले तालिमले समय सापेक्ष व्यवसायको लागि कम्प्यूटर राइज्ड नेटवर्क सिस्टमको बारेमा जानकारी लिन सफल भएको बताए ।
नाट्टा गण्डकीका महासचिव हरीराम अधिकारी, कार्यक्रम संयोजक चेतन कार्की लगायतले विश्वव्यापी वितरण प्रणालीको बारेमा आफुलाई अद्यावधिक राखेर सेवाग्राहिलाई प्रविधिमार्फत छिटो छरिटो सेवा प्रवाह गर्ने तालिम सहयोगी हुने विश्वास व्यक्त गरे ।
नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले तालिम केवल तालिमको लागि नभइ आफ्नो क्षेत्रमा अझै विशेषज्ञता हासिल गरेर प्रभावकारी सेवा प्रवाहको लागि भएको बताए । उनले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह गरे। ४० जनाको सहभागिता रहेको सो तालिममा ट्राभल पोर्ट नेपालका सुदीप भक्त श्रेष्ठ, आशिष चित्रकार, विजेन्द्रध्वज नकर्मीले टुर्र एण्ड ट्राभलसँग सम्बन्धित विषयको बारेमा तालिम प्रदान गरेका थिए । रासस