पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठलाई बलत्कारको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ । उनीसँगै एनआइसी एसिया बैंकका शाखा प्रबन्धकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
१६ वर्षिया किशोरीलाई बलत्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताए ।
‘श्रेष्ठको घरनजिकै अर्काे घरमा घरेलु कामदारको रुपमा कार्यरत रहेकी किशोरीलाई बलात्कार भएको भन्ने प्रहरीको उजुरी आएपछि पक्राउ गरिएको हो,’ रानाले बताए ।
किशोरीको बयानका आधानमा प्रहरीले एनआइसी एसिया बैंक फुलबारी शाखाका प्रबन्धक सुवास सुवेदीलाई पनि पक्राउ गरेको छ । किशोरीले सुवेदीले यौन दुव्र्यवहार गरेको बयान दिएको प्रहरीले जनाएको छ ।