बिप्लव समुहका मध्ये उपत्यका ब्यूरो प्रमुख हेमन्तप्रकाश ओली पक्राउ

प्रहरीले ओलीलाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको प्रहरीले स्रोतले जानकारी दियो । स्रोतका अनुुसार ओलीसँगै अन्य ७ जना नेता कार्यक्रर्ता पनि पक्राउ परेका छन् ।

काठमाडौं । चन्दा नदिएपछि मोवाइल सेवा प्रदायक एनसेल मुख्यालय, बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्ष रोहन गुरुङको घरमा बम बिष्फोट गराउन निर्देशन दिने बिप्लव समुहका मध्ये ब्यूरो कमाण्डर हेमन्तप्रकाश ओली पक्राउ परेका छन् ।

प्रहरीले ओलीलाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको प्रहरीले स्रोतले जानकारी दियो । स्रोतका अनुुसार ओलीसँगै अन्य ७ जना नेता कार्यक्रर्ता पनि पक्राउ परेका छन् ।

मंसिर १० गते नख्खुमा एनसेल मुख्यालयमा एक जनाको ज्यान जानेगरी भएको बम बिष्फोटपछि ओलीले टेलिफोन गरी घटनाको जिम्मा लिएका थिए ।

त्यसैगरी उनैको निर्देशनमा बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराइएको थियो । चैत्र ४ गते ओलीका सहयोगी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले शुक्रबार राति ओलीलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो ।