लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छः अध्यक्ष राणा

अध्यक्ष राणाले दाङ भौगोलिक, पर्यावरणीय, धार्मिक र पर्यटकीय हरेक दृष्टिकोणले सम्भावना बोकेको जिल्ला रहेको भन्दै कैलाशधाम र स्वर्गद्वारी धामलाई जोड्न दाङ जोडिएको नयाँ रुट बनाउने सवालमा पनि उद्योग वाणिज्य संघले केन्द्रको ध्यानाकर्षण गराएको बताइन् ।

दाङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने बताएकी छिन् । रिपोर्टर्स क्लव दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले सम्पूर्ण औद्योगिक पुर्वाधार तयार गर्न व्यवसायीहरुले सरकारसँग हातेमालो गर्ने बताइन् । उनले अहिले स्थीर सरकार भएकाले लगानी गर्ने वातावरण रहेको भन्दै सबैलाई ढुक्क हुन आग्रह गरिन् ।

अध्यक्ष राणाले दाङ भौगोलिक, पर्यावरणीय, धार्मिक र पर्यटकीय हरेक दृष्टिकोणले सम्भावना बोकेको जिल्ला रहेको भन्दै कैलाशधाम र स्वर्गद्वारी धामलाई जोड्न दाङ जोडिएको नयाँ रुट बनाउने सवालमा पनि उद्योग वाणिज्य संघले केन्द्रको ध्यानाकर्षण गराएको बताइन् ।

अध्यक्ष राणाले व्यवसायीहरुले राज्यको दोहोरो करप्रति गुनासो गरीरहेको अवस्थामा एकीकृत कर प्रणालिको अवधारणा पनि महासंघले वर्तमान सरकारका अर्थमन्त्रीसमक्ष बुझाइसकेको बताइन् ।