३२ किलो सुनसँगै पक्राउ परेका ५ जना बिरुद्ध मुद्दा दायर, १८ करोड ९२ लाख बिगो मागदाबी

गत फागुन ४ गते महानगरिय अपराध महाशाखा, सीआईवी र जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले सयुक्त रुपमा अप्रेशन गरी बराम गरेको ३२ किलो सुनसँगै पक्राउ परेका लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, शंकर विक र इन्दिरा विकमाथी बिभागले जिल्ला अदालत कंचनपुरमा मुद्धा दायर गरेको हो ।

काठमाडौं । कैलालीबाट प्रहरीले बरामद गरेको ३२ किलो अवैध सुनसँगै पक्राउ परेका ५ जनामाथि राजश्व अनुसन्धान बिभागले अदालतमा मुद्धा दायर गरेको छ ।

गत फागुन ४ गते महानगरिय अपराध महाशाखा, सीआईवी र जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले सयुक्त रुपमा अप्रेशन गरी बराम गरेको ३२ किलो सुनसँगै पक्राउ परेका लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, शंकर विक र इन्दिरा विकमाथी बिभागले जिल्ला अदालत कंचनपुरमा मुद्धा दायर गरेको हो ।

१६ करोड ९२ लाख ८० हजार बिगो र ३ वर्ष ९ महिना कैदको मागदाबी सहित आईतबार अदालतमा मुद्धा दायर गरेको बिभागले जनाएको छ । प्रहरी जवान सुरज तिरुवाका दाजु लक्ष्मण तिरुवाले भारतीय सुन तस्करको सुन नेपाल ल्याएर ससुरालीमा गाडेको अवस्थामा प्रहरी उक्त सुन बरामद गरेको थियो ।

प्रहरी जवान तिरुवाले दाजु लक्ष्मण तिरुवा बेपत्ता भएको खबर प्रहरीमा थियो । प्रहरीले बेपत्ता नागरिक खोजी गरिरहेको थियो ।
तर बेपत्ता भनिएका ब्यक्ति भारतीय सुन तस्करका भरिया थिए । उनले भनेको ठाँउमा सुन नपुर्याएर नेपाल ल्याएर सुन ससुरालीमा खाल्डो खनेर गाडेका थिए ।