ऋणको जालोमा फस्नुभएकाे त छैन ? थाहा पाइराख्नुस्, यस्ता हुन्छन् सङ्केत

धेरै मानिस सजिलो ईएमआई, छुट र सेल्सको सिकार बन्छन् । अत्यधिक खर्चले तपाईंको वित्तीय व्यवस्थालाई समस्यामा पार्न सक्छ । र तपाईंलाई ऋणको भूमरीमा धकेल्न सक्छ । धेरै मानिस सजिलो किस्ताको अफरमा फसेर वस्तु खरिद गर्छन् । त्यस समय शुद्ध ईएमआई ठूलो कुरा लाग्दैन । तर ईएमआईका विभिन्न अब्लिगेसन पूरा गर्नुपरेपछि तपाईंसँग अन्य कुरामा खर्च गर्न एकदमै कम पैसा बच्छ । यस्तो अवस्थामा तपाईं बिस्तारै ऋणमा फस्नुहुन्छ ।

एजेन्सी । अधिकांश मानिस ऋणबाट अछुतो छैनन् । विशेषगरी तलबी श्रमिक वर्गका मानिसहरु । तर अनुत्तरदायी तरिकाले ऋण लिँदा यसले तपाईंलाई ऋणको जालोभित्र फसाउन सक्छ । भारतमा भएको एउटा इटी वेल्थ सर्वेक्षणले गरेको अध्ययनमा समेटिएकामध्ये १५ प्रतिशत मानिसहरुको आयको ५० प्रतिशतभन्दा धेरै ईएमआई खर्च रहेको देखाएको छ । यो सर्वेक्षण यसै वर्षको मार्च महिनामा भारतमा भएको हो ।

अचम्मको कुरा के थियो भने आयको ५० प्रतिशतभन्दा धेरै ईएमआई भएका व्यक्ति ३२ प्रतिशत ज्येष्ठ नागरिक थिए र उनीहरुमध्ये प्रत्येक पाँच जनामा एक जनाले पुरानो ऋण चुक्ता गर्न अर्को ऋण लिने गरेका थिए । एउटा ऋण तिर्न अर्को ऋण लिने प्रवृत्ति ऋणको जालोमा फसेको देखाउने एउटा क्लासिक सङ्केत हो ।

ऋण आफैंमा नराम्रो कुरा होइन । तर ऋणीले आफू त्यसको जालोभित्र नफस्नका लागि राम्रो योजना बनाउनुपर्ने बताउँछन्, एकजना अनलाइन मार्केटका सीईओ मानव जित ।

केही यस्ता चेतावनीका सङ्केतहरु छन्, जसले तपाईं ऋणको जालोभित्र फस्दै गरेको भन्ने देखाउन सक्छन् । अचानक रोजगारीको अन्त्य हुनु, आपत्कालीन स्वास्थ्य अवस्था जस्ता समस्याले व्यक्तिलाई उसको क्षमताभन्दा बाहिर गएर ऋण लिन बाध्य गराउने बताउँछन् वित्तीय सल्लाहकार विनोद एन कुल्कर्नी । तलब आउनमा ढिलो हुनुका पछि एउटा प्रमुख कारण हो, तपाइलाई ऋणको जालोभित्र फसाउने । किनभने तपार्इं यस्तो अवस्थामा क्रेडिट कार्डमा भर पर्न थाल्नुहुन्छ । यस्ता किसिमका समस्याबाट तपाईंले कम्तीमा छ महिनाको तलबलाई बचाएर राख्नुभएको छ वा बिमा गराउनुभएको छ भने छुटकारा पाउन सक्नुहुन्छ ।

तपाईं बिस्तारै थाहै नपाई ऋणको भूमरीमा फस्दै हुनुहुन्छ भनेर रातो झण्डा देखाउने केही यस्ता अवस्थाका बारेमा हामी चर्चा गर्दै छौं ।

तपाईंको ईएमआई तलबको ५० प्रतिशतभन्दा धेरै भए

धेरै मानिस सजिलो ईएमआई, छुट र सेल्सको सिकार बन्छन् । अत्यधिक खर्चले तपाईंको वित्तीय व्यवस्थालाई समस्यामा पार्न सक्छ । र तपाईंलाई ऋणको भूमरीमा धकेल्न सक्छ । धेरै मानिस सजिलो किस्ताको अफरमा फसेर वस्तु खरिद गर्छन् । त्यस समय शुद्ध ईएमआई ठूलो कुरा लाग्दैन । तर ईएमआईका विभिन्न अब्लिगेसन पूरा गर्नुपरेपछि तपाईंसँग अन्य कुरामा खर्च गर्न एकदमै कम पैसा बच्छ । यस्तो अवस्थामा तपाईं बिस्तारै ऋणमा फस्नुहुन्छ ।

तलबको ७० प्रतिशतभन्दा बढी फिक्स्ड खर्च

कोठा भाडा, सामाजिक व्यवस्था खर्च, बच्चाहरुको खर्च, विद्यालयको फि जस्ता फिक्स्ड खर्च अथवा गर्नैपर्ने खर्चहरुको र तलबको अनुपात ५० प्रतिशतभन्दा धेरै कहिल्यै हुन दिनुहुँदैन । ५० प्रतिशत नै अनुपात हुन सबैका लागि सम्भव हुँदैन । तर यो अनुपातले ७० प्रतिशत काट्छ भने यो ऋणको जालोमा फस्दै गएको देखाउने सुरुवाती सङ्केत हुन् । विज्ञहरु भन्छन् मानिसहरुको वित्तिय उद्देश्य र अन्य खर्चका लागि बाँकी ३० प्रतिशतको एकदमै धेरै आवश्यक हुन्छ ।

दैनिक खर्चका लागि ऋण

तपाईं आफ्नो दैनिक आवश्यकताका लागि पनि ऋण खोज्दै हुनुहुन्छ भने सावधान हुनुहोस् । इन्डियन मनीका संस्थापक तथा सीईओ सीएस सुधीरका अनुसार यो ऋणको जालोमा फस्दै गएको देखाउने सङ्केत हो ।

ऋण तिर्नका लागि अर्को ऋण

एउटा ऋण तिर्नका लागि अर्को ऋण लिने काम भनेको ऋणी परिवर्तन गर्नु मात्र हो । यो एकदमै तनावपूर्ण सङ्केत हो । मानिसहरु सामाजिक दबाब र प्रतिष्ठाको डरले कार लोन र होम लोन ईएमआई, अन्य खर्च घर भाडा, स्कुल फि जस्ता खर्च तिर्न बाध्य हुन्छन्, जसका लागि उनीहरु अधिकतम मात्रामा क्रेडिट कार्ड प्रयोग गर्छन् । यसले पनि थप ऋण बढाउने काम गर्छ ।

क्रेडिट कार्डबाट पैसा निकाल्ने प्रवृत्ति

दैनिक खर्च र ऋण तिर्नका लागि ऋण लिनु खराब हो । अझ त्यो क्रेडिट कार्डबाट गर्नु निकै खराब हो, जसले तपाईंलाई थप ऋणको जालोमा फसाउने काम गर्छ । यदि तपाईं ऋण लिने चाहनुहुन्छ भने अन्य विकल्प हेर्नुहोस् । तर क्रेडिट कार्ड प्रयोग गर्ने बाटो त्याग्नुहोस् । क्रेडिट कार्डबाट ऋण निकाल्दा तपाईंको भागमा प्रतिमहिना २.५ देखि ३.५ प्रतिशत ब्याजदर थपिँदै जान्छ, जसले वर्षमा तपाईंको ब्याजदर ३५ देखि ५० प्रतिशतमा पुर्याउँछ ।

क्रेडिट कार्डको ऋण नतिर्दा

क्रेडिट कार्डको सम्पूर्ण ऋण नतिर्नु पनि ऋणमा फस्दै गरेको एउटा सङ्केत हो । यो सर्वेक्षणले क्रेडिट कार्ड बिलको सम्पूर्ण ऋण नतिर्ने अभ्यास धेरै देखिएको बताएको छ । २१ प्रतिशत मानिसले या त क्रेडिट कार्डको ऋण भुक्तानी गर्न भुल्छन् या त कम्ती ऋण तिरेर थप साँवा बढाउने काम गर्छन् । तर यस्तो प्रवृत्ति कति महँगो हुन्छ भन्ने धेरैलाई थाहा छैन । क्रेडिट कार्डमा ब्याजदर धेरै उच्च रहेको सबैलाई थाहा छ । यति हुँदाहुँदै पनि थप लम्ब्याउँदै जाने हो भने यसले भुक्तानी गर्ने क्षमता घटाउँछ । र यो निरन्तर गएपछि ऋणको जालोमा फसिन्छ । यदि तपाईं यस्तो रोलओभरको जालोमा फस्नुभएको छ भने योबाट बाहिर आउने तपाईंले प्रमुख लक्ष्य बनाउनुपर्छ । अन्यथा यसलाई पोस्टपोन गर्न थाल्नुभयो भने समस्या थप विकराल बन्छ ।

बैङ्कले ऋण दिन अस्वीकार गर्नु

तपाईंको ऋण आवेदनलाई बैङ्कले अस्वीकार गर्नु पनि एउटा डरलाग्दो सङ्केत हो । विशेषगरी तपाईंको क्रेडिट स्कोर झरेको देखिएर बैङ्कले ऋण आवेदन अस्वीकार गर्छ भने त्यो खतराको घण्टी हो । क्रेडिट स्कोर रेन्ज ३ सयदेखि ९ सयसम्म मानिए पनि ७ सय ५० लाई अधिकांश बैङ्कले राम्रो स्कोर मान्छन् । केही गैरबैङ्किङ वित्तीय कम्पनीहरुले कमजोर क्रेडिट रेटिङ भएका मानिसहरुलाई ऋण उपलब्ध गराए पनि उनीहरुले त्यस्ता व्यक्तिलाई कडा ब्याजदर असुल्छन् । यसको रोकथामका लागि तपाईंले आफ्नो क्रेडिट स्कोर चेक गर्नुहोस् र यसलाई सुधार्न कदम उठाउनुहोस् । यदि तपाईं आफूले ऋण नमागे पनि कसैका लागि ऋण प्रत्याभूति गरिदिनुहुन्छ वा तपाईंको सन्तानलाई ऋण आवश्यक छ भने तपाईंको क्रेडिट रेटिङ बलियो हुन आवश्यक छ ।

युटिलिटी बिल भुक्तानी गर्न छुटाउनु

युटिलिटी बिल भुक्तानी गर्न एक पटक छुटाउनु चेतावनीको सङ्केत होइन । तर बारम्बार छुटाउँदा तपाईंले आफ्नो स्रोतभन्दा धेरै खर्च गर्न सक्नुहुन्छ, जुन खतराको झण्डा हो । यसले वित्तीय साक्षरताको कमी रहेको पनि सङ्केत गर्दछ । यसले तपाईंको क्रेडिट स्कोरमा प्रभाव पार्छ । क्रेडिट स्कोरको लेखाजोखामा युटिलिटी बिल भुक्तानीले ठूलो भूमिका खेल्छ ।

भविष्यको आयका आधारमा ऋण लिने प्रवृत्ति

यदि तपाईंले भविष्यमा पैसा आउने आशामा अहिले ऋण लिन थाल्नु भयो भने यो तपाईंका लागि समस्याको कारक बन्नसक्छ । मानिसहरु सधैं राम्रोको अपेक्षा गर्छन् । तर दुर्भाग्य सधंै साथ हुन्छ भन्ने कुरामा अनभिज्ञ हुन्छन् । यसकारण तत्कालको तलबका आधारमा ऋण लिनु मात्र उचित हुन्छ ।

बढ्दो ईएमआईमाझ ऋण लिने

धेरै मानिसहरु भविष्यको तलब वृद्धिको उग्र आकलन गर्छन् । यसकारण आफ्नो अवकाशसम्म ठूलो सम्पत्ति हुन्छ भनेर ठूलो ऋण लिनु गम्भीर रणनीति होइन । बैङ्कले त्यस्तो अस्वस्थ व्यवहारलाई थप ऋण उपलब्ध गराएर प्रश्रय दिइरहेको हुन्छ । तर ईएमआई समयसँगै बढिरहेको हुन्छ, जसले तलब र ऋणमा वर्षको अन्तरालमा ठूलो खाल्डो सृजना गर्छ ।

सजिलो ईएमआईमा ग्याजेट खरिद गर्ने प्रवृति

केही मानिसहरु अति नै खर्चालु हुन्छन्, ऋणमा पनि अनावश्यक बस्तु खरिद गर्छन् । अहिले विभिन्न वित्तीय संस्थाको ऋण र गैरबैङ्किङ वित्तीय संस्थाका सजिलो ईएमआईहरु सपिङ कम्प्लेक्समा उपलब्ध छन्, जसले उपभोक्तालाई ऋणमा वस्तु खरिद गर्न सजिलो बनाउँछ । तर जब यस्ता ऋण सजिलो ईएमआईसँग आउँछन्, उनीहरुको ब्याजदर एकदमै महँगो हुन्छ, करिब १८ देखि २५ प्रतिशतसम्म । केही क्रेडिट कार्डमा रहेको ईएमआई एकदमै महंगो हुन्छन् । मानिसहरु समस्यामा पर्छन् किनभने अधिकांश क्रेडिट कार्ड कम्पनीले एकपटक खरिदको अनुमति दिन्छ, जुन सीमित रकमभन्दा धेरै हुन्छ र ईएमआईमा परिवर्तन हुन्छ । तत्काल ऋण सुविधाले तपाईंलाई आफ्नो वित्तीयलाई तन्काउन बल प्रदान गर्छ । सेल्सका कारण चाडपर्वको समयमा यो सजिलो ईएमआईलाई थप अतिरन्जित बनाइन्छ ।

एजेन्सीकाे सहयाेगमा