४ वर्षीया बालिकाको जलेर मृत्यु

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका–१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको जलेर मृत्यु भएको हो ।

दाङ । दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका–१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको जलेर मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक शाहले हिमालका अन्दाजी ४ वर्षीय छोरा अमितले उनकी बहिनी सङ्गीता सुतिरहेको कपडामा खेल्ने क्रममा आइतबार बेलुका ७.३० बजे सलाई कोर्दा आगलागी भएको र जलेर गम्भीर घाइते भएकी नाबालिकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।