भारतका वैदेशिक मामिलामन्त्री सुष्मा स्वराजले प्रजातान्त्रिक रुपमा निर्वाचित नेपालको राजनीतिक नेतृत्व वर्गलाई आफ्नो हालैको नेपाल भ्रमणपछि त्यस्तो सहकार्यको सन्देश दिएकी हुन् ।
भारतले नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकतानुरुप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने बताएको छ ।
भारतका वैदेशिक मामिलामन्त्री सुष्मा स्वराजले प्रजातान्त्रिक रुपमा निर्वाचित नेपालको राजनीतिक नेतृत्व वर्गलाई आफ्नो हालैको नेपाल भ्रमणपछि त्यस्तो सहकार्यको सन्देश दिएकी हुन् । तीनओटै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा भारतले नेपाल सरकारप्रति बधाई ज्ञापन गर्दै त्यसलाई प्रजातान्त्रिक सङ्क्रमणको उपलब्धि भएको जनाएको छ ।
गत शुक्रबार अबेर राति भारतीय वैदेशिक मामिला मन्त्रालयले मन्त्री स्वराजको नेपाल भ्रमणका सन्दर्भमा सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल–भारत साझेदारीमा जोड दिइनाका साथै दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पु¥याइने उल्लेख छ । उनी गत बिहीबार दुईदिने भ्रमणमा नेपाल आएकी थिइन् ।
रासस