आयोजनामा भएको ढिलासुस्ती र भ्रष्टाचारको अनुसन्धान गर्न भन्दै विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मङ्गलबार आयोगमा उजुरी गरेको हो ।
काठमाडौं । मेलम्ची खानेपानीमा भ्रष्टाचार र ढीला सुस्तीको अनुसन्धानको माग गर्दै विवेकशील साझा पार्टीले अख्तियारमा उजुरी दिएको छ ।
आयोजनामा भएको ढिलासुस्ती र भ्रष्टाचारको अनुसन्धान गर्न भन्दै विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मङ्गलबार आयोगमा उजुरी गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालालाई विवेकशीलको टोलीले उजुरी बुझाएको हो ।
आयोजनामा भएको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारबारे छानबिन गरी दोषीलाई कारबाही गर्न उजुरीमा उल्लेख रहेको अख्तियार प्रवक्ता कोइरालाले जानकारी दिए ।
उजुरीका बारेमा आयोगले छलफल अघि बढाउने प्रवक्ता कोइरालाले जनाए ।