नेपाल टेलिकमको सहप्रवक्तामा कृष्णप्रसाद भण्डारी

भण्डारी यसअघि प्रबन्ध निर्देशकको कार्यालयका उप–प्रबन्धक थिए ।

काठमाडौं । नेपाल टेलिकमको सह–प्रवक्तामा कृष्णप्रसाद भण्डारी नियुक्त भएका छन् । उनी यसअघि प्रबन्ध निर्देशकको कार्यालयका उप–प्रबन्धक थिए ।

प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उप–प्रबन्धक तथा सह–प्रवक्ता शोभन अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भएका कारण कम्पनीले यस किसिमको जिम्मेवारी परिवर्तन गरेको हो ।