ठगी गर्नेलाई कार्वाही गर्न वैदेशिक रोजगार संघको माग

संघले ग्रेस म्यानपावरको नाममा दुबई भिसा नक्कली, नेपाल एयरलाइन्सको टिकट नक्कली, सम्झौतापत्र र अन्य कागजात समेत नक्कली बनाइ ५२ जना लाई ठगी गरेको समाचार प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौं । नक्कली कागजात बनाई ठगी गर्नेलाई कार्वाही गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको माग गरेको छ । सघंले सोमबार विज्ञप्ती जारी गरी भिसा, टिकट, सम्झौतापत्र र अन्य कागजात नक्कली बनाएर ठगी गरेकाहरुलाई कार्वाही गर्न गरेका छन् ।

संघले ग्रेस म्यानपावरको नाममा दुबई भिसा नक्कली, नेपाल एयरलाइन्सको टिकट नक्कली, सम्झौतापत्र र अन्य कागजात समेत नक्कली बनाइ ५२ जना लाई ठगी गरेको समाचार प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा संघको सदस्यता रेकर्ड अनुसार ग्रेस मेनपावर प्राइभेट लिमिटेडका संचालक सग सम्पर्क गर्दा उक्त प्रालि को संचालक परिबर्तन भएको र पिआरओ एजेन्टको सलंग्नता रहेको मौखिक जानकारी प्राप्त भएको जनाएको छ ।

यस्तै केहि महिना अघि दृस्मा ओभर्सिजको नाममा करोडौं ठगी भएको घटना अत्यन्त दुखद र निन्दनीय भएको जनाएको छ । घटनामा संलग्न दोषी जो कोहिलाइ कडा कार्बाही गरि पीडितलाई क्षतिपूर्ति दिलाउन माग गरेको छ ।