स्वास्थ्य परीक्षणका लागि दस दिनभित्र श्रम मन्त्रालयमा सूचीकृत हुनुपर्ने

मन्त्रालयले बुधबार सूचना प्रकाशन गरी नेपाल सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थाले १० दिनभित्र नियमावली तथा कार्यविधिमा उल्लिखित निवेदनसाथ सूचीकरण गर्न आह्वान गरेको छ ।

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० दिनभित्र सूचीकृत हुन सूचना प्रकाशन गरेको छ ।

मन्त्रालयले बुधबार सूचना प्रकाशन गरी नेपाल सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थाले १० दिनभित्र नियमावली तथा कार्यविधिमा उल्लिखित निवेदनसाथ सूचीकरण गर्न आह्वान गरेको छ ।

वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ क तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ बमोजिम मन्त्रालयमा सूचीकरण गर्न इच्छुक स्वास्थ्य संस्था तोकिएको कागजातसहितको विवरण संलग्न गरी मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखामा निवेदन दर्ता गराउन भनिएको छ ।