विप्लवका कमाण्डरलाई तिन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

ब्युरो कमाण्डर ओलीकी छोरी विपना ओलीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इकल इजलासले अदालतमा उपस्थित गराउन आदेश गरेको हो ।

काठमाडौं । सर्वोेच्च अदालतले गत साता प्रहरीले काभ्रेबाट पक्राउ गरेका विप्लव समूहका मध्यब्युरो कमाण्डर हेमन्तप्रकाश ओलीलाइ तीन दिनभित्र सर्वोेच्चमा उपस्थित गराउन सरकारलाई आदेश गरेको छ ।

ब्युरो कमाण्डर ओलीकी छोरी विपना ओलीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इकल इजलासले अदालतमा उपस्थित गराउन आदेश गरेको हो ।

ओलीसँगै पक्राउ परेका अन्य नेता कार्यकर्ताको बन्दीप्रत्यक्षीकरणमा रिट परेको छ ।