प्रदेशसभा बैठक सुरु

नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ः०२ बजे जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरिसकेका छन् । बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गरिरहेका छन् ।

प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज यहाँ सुरु भएको छ । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ः०२ बजे जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरिसकेका छन् । बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गरिरहेका छन् ।

आजको बैठकमा संसदीय परम्पराअनुसार सुरुमा प्रदेश प्रमुख बाबुराम कुँवरले संसद् बैठक आह्वान गरेको सूचना पढिने छ । आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने र सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम छ । बैठकमा प्रत्येक ठूला दलबाट तीन/तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक/एकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम तय गरिएको छ । बैठक करिब एक घण्टा १५ मिनेट चल्ने अनुमान गरिएको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

रासस