विदेश सचिवको नेपाल भ्रमण

भारतीय विदेश सचिव विजय गोखलेले नेपालको औपचारिक भ्रमण गरेको छन् । भारतीय विदेश सचिवले नेपालका विदेश सचिव शंकरदास बैरागीसँग भेटवार्ता गरे ।

उनले नेपालका प्रधानमन्त्री के.पी शर्मा ओली तथा विदेशमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरे । सचिवद्वयबीच व्यापक द्विपक्षीय साझेदारीका साथै आपसी हितका क्षेत्रीय मुद्दा र अन्य मुद्दाहरुबारे विचारविमर्श भयो ।

उनले द्विपक्षीय परियोजना तथा नेपाल र भारतका प्रधानमन्त्रीद्वयको २०७४ चैत्र एवम् २०७५ वैशाखमा भएको पारस्परिक भ्रमणका क्रममा गरिएका पहलमा भएको ठोस प्रगतिबारे सन्तुष्टि व्यक्त गरे ।

दुई विदेश सचिवले सहकार्यको विविध क्षेत्रमा द्विपक्षीय आदानप्रदानलाई निरन्तरता दिने तथा दुई देशबीचको निकट, मैत्री तथा बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने सहमति जनाए ।।