अनलाइन प्रोग्रामिङ च्यालेन्जले २१ वर्षे युवकलाई यसरी दिलायो गुगलमा १.२ करोडको जागिर

टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्टअनुसार श्री एलआर तिवारी इन्जिनियरिङ कलेजमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी अब्दुल्लाह खानलाई गुगलले वार्षिक १.२ करोड रुपैयाँ तलबमा कम्पनीमा प्रवेश गराएको छ । खान सेप्टेम्बरबाट गुगलको साइट रिलायबिलिटी इन्जिनियरिङ टिममा जोइन हुनेछन् ।

एजेन्सी । गुगल, फेसबुक जस्ता टप ग्लोबल कम्पनीमा रोजगारी पाउन आईआईटीएस र आईआईएसएस पढेर मात्र सम्भव छ भन्ने सोच्नुहुन्छ भने मुम्बईका एक जना २१ वर्षे युवकको कथाले तपाईंको यो भ्रमलाई चिर्नेछ ।

टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्टअनुसार श्री एलआर तिवारी इन्जिनियरिङ कलेजमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी अब्दुल्लाह खानलाई गुगलले वार्षिक १.२ करोड रुपैयाँ तलबमा कम्पनीमा प्रवेश गराएको छ । खान सेप्टेम्बरबाट गुगलको साइट रिलायबिलिटी इन्जिनियरिङ टिममा जोइन हुनेछन् ।

अब्दुल्लाह खानलाई गुगलले अनलाइन प्रोग्रामिङ च्यालेन्ज होस्ट गर्ने वेबसाइटमा फेला पारेको हो । त्यसपछि खानलाई गुगलले केही राउन्ड अनलाइन अन्तर्वार्ता लिएर उनको फाइनल स्क्रिनिङ लन्डनस्थित गुगलको कार्यालयमा गराएको थियो । यस्तो अफरले खान निकै ठूलो आश्चर्यमा परेको बताएका छन् । उनले आफूले कहिल्यै पनि यस किसिमको अनलाइन प्रोग्रामिङमा सहभागी हुँदा यस्तो अवसर जुट्ने भन्नेबारे कल्पना नगरेको बताएका छन् । उनले भने, ‘म यसमा रमाइलोका लागि मात्र सहभागी हुने गर्थें । मलाई यति पनि थाहा थिएन, गुगलले त्यस्ता साइटहरुमा प्रोग्रामर्सको प्रोफाइल चेक गर्छ भन्ने ।’

५४.५ लाख भारुको बेसिक तलबबाहेक गुगलको सिक्स फगर प्याकेजमा १५ प्रतिशत बोनस चार वर्षमा ५८.९ लाख भारुको स्टक अप्सन रहेको छ ।

सन् २०१८ मा भारतका केही इन्जिनियरिङका विद्यार्थीले आकर्षक तलब प्याकेजसहित गुगल कम्पनीमा प्रवेश पाएका थिए । आदित्य पालिवाल त्यस समय इन्टिग्रेटेड एमटेकको विद्यार्थी थिए । इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजी बैङ्लोरमा । उनले गुगलको आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च विङमा १.२ करोड प्रतिवर्षको तलबी प्याकेजसहित गुगलमा जब पाए ।

त्यस्तै आईआईटी हैदरावादकी विद्यार्थी स्नेहा रेड्डीले पनि गुगलमा त्यही प्याकेजमा रोजगार पाएकी थिइन् ।