सम्झौताअन्तर्गत वालमार्टले आफ्ना स्टोर र अनलाइन वालमार्टडटकममार्फत राकुटेनकै स्वामित्वको अर्को कम्पनी कोबोद्वारा निर्मित औरा ब्रान्डका ईरिडरहरु बेच्नेछ । कोबो अमेजनको सबैभन्दा ठूलो प्रतिस्पर्धी एक हो ।
अमेजनलाई प्रत्यक्ष लक्ष्य गर्दै वालमार्टले विश्वका सबैभन्दा ठूला ई–कमर्स कम्पनीमध्ये एउटासँग मिलेर काम गर्दै छ । वालमार्टले अमेजनको किन्डल व्यवसायलाई लक्ष्य गर्दै जापानी ठूलो ई–कमर्स कम्पनी राकुटेनसँग मिलेर ईरिडर्स, ईबुक र अडियोबुकहरु बिक्रीवितरण व्यवसायमा हामफाल्दै छ ।
सम्झौताअन्तर्गत वालमार्टले आफ्ना स्टोर र अनलाइन वालमार्टडटकममार्फत राकुटेनकै स्वामित्वको अर्को कम्पनी कोबोद्वारा निर्मित औरा ब्रान्डका ईरिडरहरु बेच्नेछ । कोबो अमेजनको सबैभन्दा ठूलो प्रतिस्पर्धी एक हो ।
‘वालमार्टले आफ्ना ग्राहकलाई ३० हजारभन्दा बढी प्रकाशकका झन्डै ६० लाख लेखहरुको पुस्तकालयमा पहुँच दिनेछ,’ राकुटेन कोबोका सीईओ माइकल टम्ब्लिनले बिजनेस इन्साइडरसँग भने । ग्राहकहरुले एउटा सह–ब्रान्डेड वालमार्ट–कोबो ऐपको माध्यमले ईबुक र अडिओबुक्ससम्म पुग्न सक्छन् जुन एप स्मार्टफोन, डेस्कटप कम्प्यूटर र कोबोका ईडरहरुमा उपलब्ध हुनेछ ।
‘हामी वास्तवमा यो सहकार्यको माध्यमले आफ्ना श्रोता धेरैभन्दा धेरै बढाउन उत्सुक छौं,’ टम्ब्लिनले भने । यो सम्झौताले वालमार्टलाई ईबुक बजारको ठूलो दायरासम्म पहुँच दिनेछ, जहाँ ठूलो सङ्ख्यामा अमेजनको वर्चस्व छ । अथर अर्निङ्सको एउटा रिपोर्टअनुसार अमेरिकामा बिक्री हुने लगभग सबै ईबुकमध्ये ८३ प्रतिशतमा अमेजनको एकाधिकार छ । तुलनात्मक रुपमा अमेरिकी ईबुक बजारमा कोबोको ०.३ प्रतिशत मात्र नियन्त्रण छ ।
कोबोका ईरिडरहरु जुन ११९ देखि २७९ डलरसम्म पर्छन्, अहिले अमेरिकी ग्राहकका लागि कम्पनीको वेबसाइटबाट मात्र उपलब्ध छन् ।
कम्पनीको सबैभन्दा लोकप्रिय ईरिडर्स ‘औरा वन’ वाटरप्रुफ छ र किन्डल ब्रान्डको आफ्नो प्रतिद्वन्द्वी ‘किन्डल ओएसिस’भन्दा थोरै ठूलो स्क्रिन भएको छ । औरा वनमा पनि ब्लु लाइट फिल्टर छ जसको सहयोगबाट स्क्रिनले उत्सर्जन गर्ने नीलो प्रकाशलाई घटाउन मद्दत गर्छ । (अध्ययनअनुसार नीलो प्रकाशले व्यक्तिको निद्रा खल्बल्याउँछ) ।
राकुटेनका अधिकारी तथा वालमार्टका सीईओ डौग म्याकमिलनले हालै टोकियोमा एक समारोहबीच नयाँ साझेदारीको घोषणा गरे ।
वालमार्टका प्रमुख आय अधिकृत स्कट हिल्टनले यो साझेदारीमाथि एउटा ब्लग पोस्टमा लेखेका छन्, ‘वालमार्ट अनलाइन सपिङमा ईबुक र अडिओबुकहरु पूर्ण एकीकृत गरिएका छन् र ग्राहकले यी संस्करणहरुसँगै प्रकाशित पुस्तक पनि किन्न सक्नेछन् । उदाहरणका लागि, यदि कसैले नवीनतम सर्वाधिक बिक्री भइरहेको कुनै ईबुक वा अडियो बुक किन्छ भने त्यसको प्रिन्टेड भर्सन पनि आफ्नो घर वा कार्यालयमा पाउने गरी अनलाइनमा खरिद गर्न सक्नेछ ।
जापानमा किराना पसलका सामग्री घरघर पु¥याउने व्यवसाय सुरु गर्दै वालमार्ट र राकुटेन अमेरिकी वालमार्ट ग्राहकलाई ईबुक दिनुका अतिरिक्त यी दुवै कम्पनीले जापानमा किराना सामान घरघर पु¥याउने सेवा पनि सुरु गर्नेछन् ।
वालमार्टले भनेको छ– वर्षको दोस्रो अर्धवार्षिक सुरु हुँदा, ताजा उत्पादन जस्तै टुक्रा पारिएका साग–सब्जी, आंशिक रूपले तयार पारिएका खाद्य पदार्थ र आहार प्याकेटजस्ता सामान घरघर पु¥याइने छ । यस्तै स्थानीय राकुटेन इचिबा बजारका प्रसिद्ध व्यञ्जन परिकारका उत्पादन ‘सुविधाजनक लाइनअप’ अन्तर्गत सेवा पु¥याइने छ । यो सेवा वालमार्टको जापानी सहायक कम्पनी सेइयूको माध्यमले गरिनेछ ।