भाषा परीक्षाका लागि चैत १७ गते १२ बजेसम्म तोकिएको समयसम्म ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका छन् ।
काठमाडौं । रोजगारीको लागि आकर्षक गन्तव्यको रुपमा लिइएको कोरियामा यस बर्ष भाषा परिक्षाको लागि निर्धारीत कोटा भन्दा ९ गुना बढि आवेदन परेको छ ।
भाषा परीक्षाका लागि चैत १७ गते १२ बजेसम्म तोकिएको समयसम्म ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका छन् । औधोगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुुपालन तर्फ २८ हजार ८ सय ८९ जनाले आवेदन दिएका हुन । कोरियाले आगामी वर्षका १० हजार ५० जनाको कोटा निर्धारण गरेर पठाएको छ । यसमा कृषि तथा पशुपालनतर्फ ३ हजार र ७ हजार ५० जना उत्पादनमुलक क्षेत्रका लागि तोकिएको छ ।
गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए । कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ। परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ ।