श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक राेजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सराेकारवालाहरुका समस्या, जिज्ञासा, गुनासा र सुझावहरु प्रत्यक्ष सङ्कलन र सम्बाेधन गर्नेगरी कल सेन्टरकाे स्थापना गरिएको श्रममन्त्री गाेकर्ण विष्टले जानकारी दिए ।
काठमाडौं । राेजगारीका लागि विदेश मा गएका वा स्वदेशमै रहेका श्रमिकहरुकाे गुनासो सुन्न श्रम,राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टरकाे स्थापना गरेकाे छ ।
श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक राेजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सराेकारवालाहरुका समस्या, जिज्ञासा, गुनासा र सुझावहरु प्रत्यक्ष सङ्कलन र सम्बाेधन गर्नेगरी कल सेन्टरकाे स्थापना गरिएको श्रममन्त्री गाेकर्ण विष्टले जानकारी दिए ।
कल सेन्टरमार्फत मन्त्रालयले मुख्यगरी वैदेशिक राेजगार विभाग, वैदेशिक राेजगार बाेर्डकाे सचिवालय, प्रधानमन्त्री राेजगार कार्यक्रम, सामाजिक सुरक्षा काेषकाे साथै मन्त्रालय मातहतका अन्य निकायहरूबाट भइरहेका काम कारबाहीबारे जिज्ञासा राख्ने, सराेकारवालाई जानकारी दिने, रचनात्मक सुझावहरु प्राप्त गर्ने र गुनासाहरुकाे सुनुवाइ गरी तत्काल समस्या समाधानकाे पहल गर्ने जनाएको छ ।
यस्तै वैदेशिक राेजगारीकाे क्षेत्रमा ठगीलगायतका समस्यामा परी न्यायकाे खाेजीमा रहेकाहरू, विदेशमा विभिन्न कारणले अलपत्र परेका वा स्वास्थ्य समस्याबाट पीडित भई घर फर्कन चाहनेहरु, विविध कारणले मृत्यु भएका र अलपत्र परेका नेपाली कामदारको शव नेपाल ल्याउन नसकी समस्या परेकाहरु, झुठा मुद्दामा परी जेल सजाय भाेगिरहेका कामदारहरुले साेझै कल सेन्टरमा सम्पर्क गर्न सकिने उल्लेख छ ।
यस्तै श्रम मन्त्रालय मातहतका विभिन्न विभाग र याेजनाहरुकाे विषयमा पनि गुनासो राख्न सकिने छ ।
कल सेन्टरमा आएका गुनासाहरु सम्बन्धित निकायले सम्बाेधन गरे वा नगरेको विषयमा माेबाइल एपमार्फत नै दैनिक निरीक्षण गर्न सक्नेछन् । कल सेन्टर बिहान ७ देखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ । कल सेन्टरमा एकै पटक ४ ओटा फाेन लिन सक्ने व्यवस्था रहेको बताइएकाे छ ।
गुनासाहरु स्वेदशबाट ११४१ वा १६६००१५००५ मा तथा विदेशबाट ईमेल, फेसबुक, मेसेन्जर, ईमाे, भाइबरबाट निशुल्क ९७७१५९७०००८ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।