काठमाडौं । नेपाल वैदेशिक रोजगार संघले पर्सा र बाराका पीडितलाई रोजगारीमा प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ ।
आइतबार साझको हावाहुरी र बर्षाको कारण त्यस क्षेत्रमा ठूलो मानविय क्षति हुनुको साथै ठूलो मात्रामा धनको क्षति भएको घटना प्रति संघले दुख व्यक्त गर्दै पीडित परिवारलाई सरकारले विषेश रोजगारको व्यवस्था गर्नु पर्ने जनाएको छ ।
सोमबार विज्ञप्ती प्रकाशन गर्दै संघले पीडित परिवारका कुनै सदस्य वैदेशिक रोजगारमा जान इच्छुक भएमा सरल तरिकाले उनिहरुलाई प्राथमिकता दिई वैदेशिक रोजगार दिलाउन सम्पूर्ण मेनपावर व्यवसायीहरुलाई आग्रह गरिएको छ ।