काठमाडौंको बाफल पुलमा एक युवकको शव फेला

मङ्गलबार बिहान करिब ८ बजे फेला परेको शवको सनाखत हुन नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौं । काठमाडौंको बाफल पुलनजिकै एक युवकको शव फेला परेको छ ।

मङ्गलबार बिहान करिब ८ बजे फेला परेको शवको सनाखत हुन नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । मानसिक सन्तुलन ठिक नभएका युवक भएको र उनको पेटमा सिसा प्रहार गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी बोगटीले बताए ।

उनीसँगै सडक पेटीमा बस्दै आएका अर्का एक युवक भने फरार छन् ।प्रहरीले उनको खोजी गरिरहेको छ । उनीहरुको केही समयअगाडि झगडासमेत भएको अनुसन्धानमा खुलेको छ ।

थप अनुसन्धानका लागि प्रहरीले चिकित्सको टोली मगाएको छ ।