कतारद्वारा कलकत्तामा भिसा आवेदन केन्द्र स्थापना, हैदराबाद, लखनउ र अन्य ठाउँमा पनि छिटै खोलिने

यसबाहेक कतारले कोच्ची, हैदराबाद, लखनउ र चेन्नईमा पनि भिसा केन्द्र स्थापना गर्ने कतार दूतावासले जारी गरको विज्ञप्तिमा उल्लेख छ ।

एजेन्सी । नयाँ दिल्ली र मुम्बईमा भिसा आवेदन केन्द्र स्थापना गरिसकेको कतारले कलकत्तामा पनि स्थापना गरेको छ ।

यसबाहेक कतारले कोच्ची, हैदराबाद, लखनउ र चेन्नईमा पनि भिसा केन्द्र स्थापना गर्ने कतार दूतावासले जारी गरको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ भिसा केन्द्रमा श्रम भिसाका लागि आवेदन दिनेहरुले एकै छातामुनि श्रम सम्झौतामा डिजिटल हस्ताक्षर गर्नसक्ने छन् । यसैगरी बायोमेट्रिक्स तथा मेडिकल परीक्षण गराउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।