शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर दिने

ढाका साउथ सीटी कर्पोरेसन अन्तर्गत राजधानी र चार ठूला शहरी क्षेत्रमा सार्वजनिकस्थल तथा शहरी सेवा सुधारका लागि विश्व बैंकले आयोजना स्वीकृत गरेको हो।

ढाका । बङ्गलादेशको राजधानी ढाका शहर र वरपरका शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर दिने भएको छ । ढाका साउथ सीटी कर्पोरेसन अन्तर्गत राजधानी र चार ठूला शहरी क्षेत्रमा सार्वजनिकस्थल तथा शहरी सेवा सुधारका लागि विश्व बैंकले आयोजना स्वीकृत गरेको हो। उक्त आयोजनाबाट करिब १० लाख नागरिकले प्रत्यक्ष लाभ लिने बताइएको छ ।

‘ढाका सीटी नेइभरहुड अपग्रेडिङ आयोजना’ ले राजधानी र चार छिमेकी शहरी क्षेत्रमा पार्क, खेल मैदान, खुला स्थान, तटीय क्षेत्र, सडक, फुटपाथ र सार्वजनिक भवन साथै सामुदायिक केन्द्रमा सवै प्रकारका शहरी सुविधा बिस्तार गरिने जनाएको छ ।

वासिङ्टनस्थित दाता संस्थाले सोमबार आयोजना स्वीकृत भएको जानकारी दिँदै भनेको छ, ‘आयोजनाले प्राकृतिक जीवन जीउन बञ्चित रहँदै आएका विशेष गरी महिला, युवा, वृद्धवृद्धा र अपाङ्गता भएका नागरिकहरूलाई सहजरूपमा सार्वजनिक सुविधाको अभाव हुन नदिनेगरी कार्यक्रमहरू अघि बढाइने छ ।’

बङ्गलादेशका लागि राजधानी ढाका महत्वपूर्ण आर्थिक केन्द्र हो । विश्व बैंकका बङ्गलादेश तथा भूटानका लागि निर्देशक रोबर्ट साउमले भने, ‘बङ्गलादेशको पाँच भागको एक हिस्सा कुल ग्राहस्थ उत्पादन राजधानी ढाकामा निर्भर रहन्छ भने यहाँको औपचारिक रोजगारीको झण्डै आधा जनशक्ति यहाँ छ ।’ उनले भने, ‘सन् १९८० मा तीस लाख जनसङ्ख्या रहेको ढाका जसलाई अहिले एक करोड ८० लाख जनसङ्ख्या रहेको छ । तर यसका प्राय आधारभूत संरचनाहरू दशकौँ पूरानो अवस्थामा नै रहँदै आएका छन् ।’

विश्वव्यापी अनुभवले समृद्ध जीवनशैलीका लागि नगर क्षेत्रका स्थानहरूमा समायोचित सुधार हुनु जरूरी भएको देखाउछन् । आयोजनाले ढाका र वरपरका वासिन्दालाई आधुनिक जीवनका लागि आवश्यक वातावरण निर्माण गर्ने विश्वास लिइएको छ ।

आयोजनाले शहरमा हरियाली तथा खुला स्थानको निर्माण गर्ने र बगैँचा, सडक र तटीय क्षेत्रहरूमा सुधारको प्रत्याभूत गराउने विज्ञप्ति उल्लेख छ । बहुउद्देश्यीय सामुदायिक केन्द्रहरूको निर्माणले वातावरणमैत्री विशेषता र उर्जामैत्री पूराना तथा नया मूल्यमान्यतालाई जोगाउँदै अघि बढ्ने निर्देशक साउमले बताए । रासस/सिन्ह्वा