सभापति देउवाले वर्तमान सरकारले दाताहरुलाई ढुक्क भएर लगानी गर्ने लगानीको वातावरण बनाउन नसकेको बताए ।
दाङ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न लगानी सम्मेलनले दाताहरुलाई आकार्षण गर्न नसकेको बताएका छन् ।नेपाल प्रेस युनियन दाङले बुधबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले वर्तमान सरकारले दाताहरुलाई ढुक्क भएर लगानी गर्ने लगानीको वातावरण बनाउन नसकेको बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका काङ्ग्रेस सभापति देउवाले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको (नेकपा)लगायतका असन्तुष्ट पक्षलाई वार्ता र सम्वादका माध्यमबाटै मुलधारमा ल्याउनु पर्ने बताए ।
प्रतिबन्ध र दमनले देशमा थप हिंसा उत्पन्न हुने भएकाले सरकारले वार्ता र सम्वादको बाटो रोज्नु पर्ने बताए । उनले काङ्ग्रेस प्र्रतिपक्षी दल भएपनि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षी दलसँग कुनै पनि सरसल्लाह नगरी एक पक्षीय ढंगले सरकार अगाडि बढेको काँग्रेस सभापति देउवाको आरोप थियो ।
दुई तिहाई सरकारले आफ्नो असक्षमता ढाक्नका लागि प्रतिपक्षले काम गर्न नदिएको भन्दै हिँड्नु हाँस्यास्पद भएको देउवाले टिप्पणी गरे ।