दुई नेपाली युवालाई भारतमा ‘राष्ट्रपति पुरस्कार’

संस्कृत वाङ्मयमा युवावर्गलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो । डा. धिताल बनारस हिन्दू विश्वविद्यालयमा इन्जिनियरहरुलाई संस्कृत र दर्शन विषय पढाउँछन् । उनी विश्वविद्यालयका सहप्राध्यापक हुन् ।

काठमाडौं । भारतमा चर्चित ‘महर्षि बादरायण व्यास सम्मान’बाट दुई नेपाली विद्वान् सम्मानित भएका छन् । राष्ट्रपति रामनाथ कोविन्दले स्थापना गरेको उक्त सम्मान डा. विश्वनाथ धिताल र डा. उमेश नेपाललाई प्रदान गरियो । बिहीबार दिल्लीमा आयोजित एक विशेष समारोहमा भारतीय उपराष्ट्रपति बैंकैया नायडूले उनीहरुलाई सम्मान गरे ।

संस्कृत वाङ्मयमा युवावर्गलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो । डा. धिताल बनारस हिन्दू विश्वविद्यालयमा इन्जिनियरहरुलाई संस्कृत र दर्शन विषय पढाउँछन् । उनी विश्वविद्यालयका सहप्राध्यापक हुन् ।

कम्प्युटर र प्रविधि प्रयोग गरेर न्याय र दर्शन जस्ता कठिन विषयलाई युवामाझ पुर्याउन डा धितालको विशेष योगदान छ । यसैगरी डा. नेपाल जगद्गुरु रामानन्दाचार्य विश्वविद्यालयमा संस्कृत साहित्य विषय पढाउँछन् ।