काठमाडौंका सडकमा राति १० बजेसम्म सार्वजनिक गाडी चल्ने

ऐनमा काठमाडौंका सहडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म भाडाका सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्था गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा राति १० बजेसम्म भाडाका सार्वजनिक सवारी साधन अनिवार्य चलाउनु पर्ने व्यवस्था गरेको छ । आइतबार सम्पन्न काठमाडौं महानगरपालिकाको चौथो नगरसभाद्वारा पारित सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन–२०७५ मा यस्तो व्यवस्था गरेको हो ।

ऐनमा काठमाडौंका सहडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म भाडाका सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्था गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । ऐनमा महानगरभित्रका रुटमा कात्तिकदेखि माघमसान्तसम्म बिहान ५ बजेदेखि राति ९ बजेसम्म सार्वज्निक सवारी चलाउनु पर्ने र बाँकी महिना बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारी चलाउनु पर्ने व्यवस्था छ ।

यो व्यवस्था १५ दिनभित्र प्रमाणीकरण भई लागू हुने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । नगरसभादवरा पारित सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन– २०७५ मा शहरी बस, बिजुलीलगायत वातावरणमैत्री बस, केबुलकार, मोनोरेल, मेट्रो रेलजस्ता ठूला यातायात सञ्चालन गर्ने संस्था तथा कम्पनीलाई विशेष सहुलियत दिने पनि उल्लेख गरिएको छ ।