अभियान अन्तरगत जथाभाबी पार्किङ गर्ने सवारी चालकलाई कारवाही गर्ने, सडकमा राखिएका सामाग्रीहरु हटाउने, बाटोमा राखेका पसलहरु हटाउने तथा सडकमा राखिएका होडिङबोर्ड हटाउने कार्य भईरहेको महाशाखाले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकाको सडकमा भएको फुटपाथ पार्किङलाई हटाउन ट्राफिक प्रहरीले विषेश अभियान सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चैत्र २१ गतेदेखि उक्त अभियान सुरु गरेको हो । अभियान अन्तरगत जथाभाबी पार्किङ गर्ने सवारी चालकलाई कारवाही गर्ने, सडकमा राखिएका सामाग्रीहरु हटाउने, बाटोमा राखेका पसलहरु हटाउने तथा सडकमा राखिएका होडिङबोर्ड हटाउने कार्य भईरहेको महाशाखाले जनाएको छ ।
ट्राफिक ब्यवस्थालाई मध्यनजर गर्दै उपत्यकामा भएका सडक पार्किङ हटाउन थालेको ट्राफिक प्रहरी प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए । काठमाडौं महानगरपालीका, सडक बिभाग र सम्वन्धीत निकाएसँग मिलेर सडक पार्किङ हटाउन थालेको एसएसपी पन्तले बताए ।
‘सरकारले सडक फराकिलो बनाए पनि जथाभाबी पार्किङका कारण ट्राफिक जाम बढेकाले सडक पार्किङ हटाउन विषेश अभियाननै थालेका छौँ ।’, एसएसपी पन्तले भने, ‘उपत्यकाको सडकलाई तीन महिनाभित्र सफा बनाउने उद्देश्य छ, त्यसका लागि सुरु गरिएको अभियानलाई कडाईका साथ अघि बढाइएने छ ।’