मलेसियामा बस दुर्घटना, २ नेपालीसहित १३ को मृत्यु

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने कामदारहरु बोकेर विमानस्थलतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् ।

काठमाडौं । मलेसियाको क्वालालम्पुरमा बस दुर्घटना हुँदा २ नेपालीसहित १३ जनाको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने कामदारहरु बोकेर विमानस्थलतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् ।

मृतक नेपालीहरुमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथसिङ थारु रहेको त्यहाँका समचार एजेन्सीले जनाएको छ । यस विषयमा मलेसियास्थित नेपाली राजदुतावासले भने केही जानकारी दिएको छैन । बसमा नेपाली, बाङ्लादेशी र इन्डोनेशियन कामदारहरु रहेको त्यहाँका समचार एजेन्सीले उल्लेख गरेका छन् ।