कालिमाटीका तरकारी भरियाबीच हानाहान, एकको मृत्यु

आइतबार बिहान करिब सात बजेतिर उपचारको क्रममा बीरअस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

काठमाडौं । कालिमाटीमा तरकारी बोक्ने भरियाबीच हानाहान हुदाँ एक जनाको मृत्यु भएको छ। आइतबार बिहान करिब सात बजेतिर उपचारको क्रममा बीरअस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

झगडापछि घाइते भएका दुवैजनालाई उपचारको लागि बीर अस्पताल ल्याइएकोमा एक जनाएको उपचारका क्रममा मृत्यु भएको र एकजनाको उपचार भइरहेको प्रहरीको भनाई छ ।

अन्दाजी ४५ वर्षीय मृतक भरियाको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । उनीहरु कालिमाटी तरकारी बजारमा दिनभर भरिया भएर तरकारी बोक्ने र राती नजिकैको टंकेश्वर पुलमुनी बस्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

आइतबर बिहान करिब २ बजेतिर प्रहरीले एक जनालाई घाइते अवस्थामा फेला पारेर अस्पताल पुर्योएको थियो। त्यसको केही घन्टामा नै अर्को भरियासमेत घाइते भएको जानकारी आएपछि प्रहरीले अस्पतालमा पुर्याएको डिएसपी बोगटीले बताए।