समितिको सोमबार बसेको बैठकमा, सांसदहरुको २ ओटा समूह बनाएर आगामी बैशाखको ५ गतेदेखि प्रदेश स्तरमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर नयां बजेटबारेमा जनताको अपेक्षा सम्बोधन हुने गरी प्रतिवेदन तयार पार्ने र बैशाख १५ गतेभित्र सरकारलाई बुझाउने निर्णय भएको छ ।
काठमाडौं । संघीय संसदको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने सन्र्दभमा सरकारलाई निर्देशन दिन सातै प्रदेसमा पुगेर राय संकलन गर्ने भएको छ । समितिको सोमबार बसेको बैठकमा, सांसदहरुको २ ओटा समूह बनाएर आगामी बैशाखको ५ गतेदेखि प्रदेश स्तरमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर नयां बजेटबारेमा जनताको अपेक्षा सम्बोधन हुने गरी प्रतिवेदन तयार पार्ने र बैशाख १५ गतेभित्र सरकारलाई बुझाउने निर्णय भएको छ ।
संघीयता कार्यान्वयनको १ वर्ष पुगेको अवस्थामा स्थानीय तह, प्रदेश र संघीय सरकारको बजेट प्रणाली सम्बन्धमा अध्ययन गर्न पनि आवश्यक रहेकोले अर्थ समितिले पूर्व बजेट छलफलको परम्परालाई फरक स्वरुप दिएर यस्तो अन्तरक्रिया गर्न लागेको समितिका सभापति कृष्णप्रसाद दहालले जानकारी दिए ।