सोमबार बैंङ्क, विकास बैंङ्क, जलविद्युत वित्त, बिमा, उत्पादनमुलक क्षेत्रको सेयर मूल्य बढेको छ । होटलको घटेको छ । सेयर बजार बढ्दा समिट माइक्रोफाइनान्स र ग्लोबल आईएमई सम्मुनत स्कीम १ का लगानीकर्ताले कमाएका छन् ।
काठमाडौं । सेयर बजारमा सुधार आउन थालेपछि कारोबार रकममा पनि वृद्धि भएको छ । साताको दोस्रो दिन सोमबार बजार बढेर ९० करोड ६९ लाख ३६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार १७ अंक बढेकोमा सोमबार ९.३२ अंक बढेर नेप्से परिसुचक १ हजार १९१ अंकमा पुगेको छ । दुई दिनमा नेप्से २६ अंक बढेपछि नेप्से परिसुचक १ हजार २०० अंक नजिक पुगेको छ ।
सोमबार पनि एनआईसी एसिया बैंङ्क र एनएमबी बैंङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एनआईसीको प्रतिकित्ता ४६६ रुपैयाँमा ७ करोड ७३ लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै एनएमबीको पनि प्रतिकित्ता ३५७ रुपैयाँमा ५ करोड ४२ लाख रुपैयाँमा सेयर किनबेच भएको छ ।