भाजपाको घोषणापत्र सार्वजनिक : २०४७ सम्म भारतलाई विकसित बनाउने

प्रधानमन्त्री मोदीले देशका लागि आफ्नो पार्टीको समयसीमाभित्र पूरा गरिसक्ने ७५ ओटा परिभाषित लक्ष्य भएको बताएका छन् । उनले ती सबै लक्ष्य आगामी २०२२ सम्म पूरा गरिसक्ने तयारी गरेको दाबी गरेका छन् ।

एजेन्सी । भारतीय जनता पार्टी भाजपाले सोमबार आउँदै गरेको लोकसभा चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । भाजपाले सो घोषणापत्रलाई सङ्कल्प पत्र नाम दिएको छ ।

भाजपाले घोषणापत्रमा वर्ष २०४७ सम्म स्वतन्त्रताको सय वर्षभित्र भारतलाई विकासशीलबाट विकसित मुलुकमा रुपान्तरण गर्ने उल्लेख गरेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीको प्रेरणा ‘राष्ट्रियता, समावेशिता र असल सरकार’ मन्त्र भएको बताएका छन् ।

प्रधानमन्त्री मोदीले देशका लागि आफ्नो पार्टीको समयसीमाभित्र पूरा गरिसक्ने ७५ ओटा परिभाषित लक्ष्य भएको बताएका छन् । उनले ती सबै लक्ष्य आगामी २०२२ सम्म पूरा गरिसक्ने तयारी गरेको दाबी गरेका छन् ।

भाजपाका अध्यक्ष अमित शाहले मोदी सरकारको पाँच वर्षको अवधि भारतका लागि एउटा युग भएको बताएका छन् । मोदी नेतृत्वले देशलाई भ्रष्टचारमुक्त सरकार दिएको उनको भनाइ छ ।