‘नेप्लिज सेफ एशोसियसन यूके’को अध्यक्षमा दधि आचार्य

सोमबार लन्डनको इष्टकोटमा सम्पन्न एशोसियसनको दोस्रो अधिवेसनले दधि आचार्यको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

काठमाडौं । ‘नेप्लिज सेफ एशोसियसन यूके’को नयाँ नेतृत्व चयन भएको छ । सोमबार लन्डनको इष्टकोटमा सम्पन्न एशोसियसनको दोस्रो अधिवेसनले दधि आचार्यको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद न्यौपाने, मोहनलाल ओली, महासचिवमा भुपेन्द्र पाठक, सचिवमा विनोद बराल, कोषाध्यक्षमा रामचन्द्र सुवेदी र सहकोषाध्यक्षमा धर्मागत चापागाईँ चयन भएका छन् ।

सदस्यहरुमा ठाकुरप्रसाद तिमल्सेना, केबी गुरुङ, रामप्रसाद सापकोटा, राजु बोहोरा, शिव कँडेल, बिक्की सापकोटा, दुर्गा गुरुङ्, टिकाराम निउरे, मनिष खड्का, टिकाराम कँडेल, देविलाल निउरे, प्रकाश गरुङ, लालचन्द्र सापकोटा, राजु खत्री, भोजराज भण्डारी र पारस सापकोटा निर्वाचित भएका छन् ।

सन् २०१२ मा स्थापनाभएको एशोसियसनमा हाल लिभरपुल, मिडल्यान्ड, स्कटल्यान्ड, वेल्सकासहित करिब ७ सय नेपालीहरु आबद्ध छन् ।