
मंगलबार सेयर बजार १०.५८ अंकले घटेर नेप्से परिसुचक १ हजार १८१ अंकमा झरेको छ । आइतबार र सोमबार गरी सेयर बजार २७ अंकले बढेको थियो ।
काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजारमा मंगलबार ब्रेक लागेको छ । मंगलबार सेयर बजार १०.५८ अंकले घटेर नेप्से परिसुचक १ हजार १८१ अंकमा झरेको छ । आइतबार र सोमबार गरी सेयर बजार २७ अंकले बढेको थियो ।
सेयर बजार घटे पनि ७३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता ५२७ रुपैयाँमा ६ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कुमारी बैंकको संस्थापक सेयर (प्रमोटर) सेयर प्रतिकित्ता १४५ रुपैयाँमा ५ करोड ७७ लाख रुपैयाँको किनबेच भएको छ ।
बजार घटेपछि मंगलबार सबै परिसुचक ओरालो लागेको छ । बजार घटेका बेला नेपाल कम्युनिटी डेभलपमेन्ट बैंङ र उन्नती माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् ।