श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा पाएकाहरुलाई तत्कालै रोजगारीका लागि मलेसिया पठाउने निर्णय गरेसँगै उनीहरुले अन्तिम श्रम स्वीकृति लिएका हुन् ।
काठमाडौं । करिब साढे दस महिनापछि रोजगारीका लागि मलेसिया जान १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा पाएकाहरुलाई तत्कालै रोजगारीका लागि मलेसिया पठाउने निर्णय गरेसँगै उनीहरुले अन्तिम श्रम स्वीकृति लिएका हुन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिस पत्रसहित सोमबार दुई जना र मङ्गलबार १७ जनाले श्रम स्वीकृति लिएको जनाइएको छ । वैदेशिक रोजगार व्यवसायी सङ्घका अनुसार सात हजार चार सय ४० जनाको कलिङ भिसा आएको छ ।