भारतको मुम्बई शहरको वरपर अम्बानीको एउटा ‘मेगा सीटी’ निर्माण कार्यको तयारी भइरहेको बिजनेस स्ट्यान्डर्ड मिडियाले खुलासा गरेको हो ।
एजेन्सी । विश्वको १३ औँ धनाढ्य व्याक्ति मुकेश अम्बानीले भारतमा गेम चेन्जर साबित हुने एउटा वृहत शहरी परियोजना ल्याउन लागेको खुलासा भएको छ । भारतको मुम्बई शहरको वरपर अम्बानीको एउटा ‘मेगा सीटी’ निर्माण कार्यको तयारी भइरहेको बिजनेस स्ट्यान्डर्ड मिडियाले खुलासा गरेको हो । बिजनेस स्ट्यान्डर्डले एकजना भित्री स्रोतलाई उद्रित गर्दै भनेको छ, ‘यो रिलायन्स ग्रुपको सिंगल ठूलो परियोजना बन्ने छ जुन भित्रका प्रत्येक तत्वहरु पनि आफैँमा परियोजनाहरु हुने छन् ।’
अम्बानीको यो ‘मेगा सीटी’ परियोजना सिंगापूरकै डिजाइनमा विकास हुनेछ । यसमा विमानस्थल, बन्दरगाह र समुद्रलाई जोड्ने कनेक्टीभिटी हुनेछ । यसको निर्माण कार्य सम्पन्न भइसकेपछि यो शहरभित्र करिब पाँच लाख जनसंख्या र हजारौं व्यापार केन्द्रहरु अटाउने बिजनेस स्ट्यान्डर्डको रिपोर्टमा उल्लेख छ । यो परियोजनाको निर्माण अवधि अगाामी दश वर्षसम्मको रहेको छ भने, यसमा ७५ अर्ब अमेरिकी डलरको लगानी लाग्ने अपेक्षा गरिएको छ ।
अम्बानीले यो आफ्नो आइडियालाई व्यापकरुपमा बाहिर नदेखिने गरि लञ्च गर्दैछन् । विश्लेषकहरुका अनुसार यो परियोजनाले पनि अम्बानीको जियो कम्पनीको जस्तै सफल भाग्य लिएर आउनेछ । रिलायन्सको यो नयाँ परियोजनाले भारतको लागि नयाँ अध्याय लेख्ने विश्लेषकहरु बताउँछन् । किनभन, ‘यो परियोजनाले भारतको शहरी पूर्वाधारको दृश्यमा ठूलो परिमार्जित आकार ल्याउने छ । यो ‘मेगा सीटी’ लञ्च भइसकेपछि मुम्बाई शहरको पनि स्वरुप परिवर्तन हुनसक्ने छ । अम्बानीको नयाँ शहरमा सम्पत्तिको मूल्य मुम्बाईमा भन्दा कम हुने भएको कारण यसले आन्तरिक बसाइसराइमा पनि उल्टो प्रभाव ल्याउने विश्लेषकहरुको भनाई छ ।
यसको अर्को महत्वपूर्ण पक्ष के छ भने रिलायन्सले यो परियोजनालाई विकास मात्र गर्ने होइन शहर लञ्च भइसकेपछि यसको प्रशासनको सञ्चालनको कार्य पनि उसले नै गर्ने बिजनेस स्ट्यान्डर्डमा उल्लेख छ । विशेष योजना प्राधिकरिणले नै यो उल्लेखनीय परियोजनाको जिम्ममा लगाएको कारण यो सम्भव हुनेछ ।