फेसबुकबाट विवाह गर्ने प्रलोभन देखाई युवतिहरुसँग पैसा ठग्ने पक्राउ

विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भन्दै विश्वासमा पारेर रकमसमेत लिई ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने डोटी केआईसिंह गाउँपालिका–६ घर भएका २६ वर्षीय केशवराज भट्टलाई काठमाडौंस्थित गौशालाबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं । फेसबुकबाट युवतिहरुलाई विभिन्न प्रलोभन देखाई विवाह गर्ने भन्दै पैसा ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भन्दै विश्वासमा पारेर रकमसमेत लिई ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने डोटी केआईसिंह गाउँपालिका–६ घर भएका २६ वर्षीय केशवराज भट्टलाई काठमाडौंस्थित गौशालाबाट प्रहरीले पक्राउ गरेको हो ।

भट्टले विभिन्न उच्च पदका अधिकृतहरुको फोटो आफैले बनाएर फेसबुकको फेक अकाउन्टमा राख्नुका साथै आफू उच्च खानदानको व्यक्ति भई नेपाल सरकारको शाखा अधिकृत रहेको र विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम लिई ठगी तथा चरित्र हत्या गरी अलपत्र पारेको भन्ने उजुरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले भट्टलाई पक्राउ गरेको हो ।

भट्टलाई विद्युतीय कारोवार ऐन अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।