विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छः प्रधानमन्त्री ओली

सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई बिहीबार भक्तपुरको खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने सरकारको दृढ संकल्प रहेको बताउँदै विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य रहेको उल्लेख गरे ।

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो अस्थिरतापछि देश अहिले स्थायीत्वको जगमा सुदृढ सुव्यवस्था र तीव्र विकासको बाटोबाट अघि बढेको बताएका छन् ।

सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई बिहीबार भक्तपुरको खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने सरकारको दृढ संकल्प रहेको बताउँदै विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमासमेत उत्पन्न हुन सक्ने सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ती सुरक्षासंग सम्बद्ध सुरक्षा निकायसमेत सदैव सजग र सतर्क रहनु पर्ने बताए ।