नागढुङ्गाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ

१० लाखभन्दा बढी रकम लिएर हिड्न नपाउने भएपछि यादवले २० लाख रुपैयाँ शरीरको विभिन्न भागमा संकास्पद तरिकाले लुकाएको अवस्थामा फेला परेकोले उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुङ्गाबाट अवैध २० लाख रुपैयाँ नगदसहित १ जनालाई पक्राउ गरेको छ । आईतबार बिहान रौतहटबाट काठमाडौं आउँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबहाक बसमा सवार रौतहट राजदेवी नगरपालीका ७ का २३ वर्षीइ रुबोदकुमार यादवका साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार यादवले २० लाख रुपैयाँ शरीरको विभिन्न भागमा लुकाएर ल्याउँदै गरेका थिए । यादवले उक्त रकमको स्रोत देखाउन नसकेपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

१० लाखभन्दा बढी रकम लिएर हिड्न नपाउने भएपछि यादवले २० लाख रुपैयाँ शरीरको विभिन्न भागमा संकास्पद तरिकाले लुकाएको अवस्थामा फेला परेकोले उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।