विकिलिक्सका सहसंस्थापक जुलियन असान्जे लन्डनस्थित इक्वाडोर दूतावासबाट गिरफ्तार

एउटा यौन उत्पीडनको केसमां स्विडेनमा प्रत्यर्पित हुनबाट जोगिन असान्ंजेले दूतावासलाई नै आफ्नो निवास बनाएका थिए । अहिले असांन्जेलाई हिरासतमा लिइएको लन्डनको मेट्रोपोलिटन पुलिसले भनेको छ । र उनलाई वेस्टमिन्सटर मजिस्ट्रेट कोर्टमा पेस गरिने बताएको छ ।

लन्डन । विकिलिक्सका सहसंस्थापक जुलियन अंसान्जेलाई लन्डनस्थित इक्वाडोर दूतावासबाट गिरफ्तार गरिएको छ । विगत ७ वर्षदेखि असान्ंजेले इक्वाडोरको दूतावासमा शरण लिएका थिए ।

एउटा यौन उत्पीडनको केसमां स्विडेनमा प्रत्यर्पित हुनबाट जोगिन असान्ंजेले दूतावासलाई नै आफ्नो निवास बनाएका थिए । अहिले असांन्जेलाई हिरासतमा लिइएको लन्डनको मेट्रोपोलिटन पुलिसले भनेको छ । र उनलाई वेस्टमिन्सटर मजिस्ट्रेट कोर्टमा पेस गरिने बताएको छ ।

असान्ंजेले सन् २०१० मा ठूलो सङ्ख्यामा अमेरिकी गोपनीय दस्तावेज सार्वजनिक गरेका थिए । असान्ंजेले स्विडेनमा प्रत्यर्पणबाट बच्नका लागि २०१२ मा इक्वाडोरको दूतावासमा शरण लिएका थिए । पछि स्विडेनले असान्ंजेमाथि लागेको यौन अपराधसँग सम्बन्धित मुद्दा हटाइदियो ।

यति हुँदा पनि असान्जे दूतावासमै बसिरहे, किनकि जमानतको मामला समाप्त भएका कारण लन्डनमा उनीमाथि पक्राउको समस्या ज्युँका त्युँ थियो । गत वर्षको १२ डिसेम्बरमा उनले इक्वाडोरको नागरिकता पाएका थिए ।